प्रदेश सरकारले धनकुटाका श,हिदहरुलाई विभे,द गरेको भन्दै आ,पत्ति

धनकुटा खबर, फागुन ११ । १ नं प्रदेश सरकारले धनकुटाका केही श,हिदहरुलाई वि,भेद गरेको भन्दै आ,पत्ति जनाएको छ । आज उसले एक विज्ञप्ति जारी गर्दै जिल्लाका सम्पूर्ण श,हिदहरुलाई समान व्यवहार गर्दै उनिहरुका परिवारलाई रकम उपलव्ध गराउन माग गरेको छ ।

प्रजतान्त्र दिवसको दिन राष्ट्रिय श,हिद घोषणा भएका धनकुटा जिल्लका २७ जना मध्ये छिन्ताङ्ग ह,त्या का,ण्ड २०३६ मा सा,हदत प्राप्त गरेका १६ जना श,हिद परिवारलाई राहत स्वरुप प्रदेश सरकारले रु ५ लाख प्रति परिवार उपलब्ध गराएकोमा हार्दिक स्वागत गर्दै अन्य ११ जना राष्ट्रिय श,हिदका परिवारहरुलाई पनि सम्मान स्वरुप अविलम्व समान रुपमा रकम उपलब्ध गराउन नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती जारी गरी प्रदेश सरकार समक्ष जोडदार माग गरेको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा हिस्ताक्षरित विज्ञप्तीमा शहिदहरु कुनै धर्म,जात तथा पार्टी विशेष नहुने उल्लेख गर्दै शहिदहरुले जनताको अधिकार र मुलुकमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापना गर्नका लागि निस्वार्थ भावका साथ बलिदान दिएकोले शहिदहरुलाई पार्टी विशेष तरिकाले नहेरि सवैलाई समान रुपले सम्मान गर्न आग्रह गरिएको छ ।

१ नम्वर प्रदेश सरकारको हालैको निर्णयले कुनै शहिदपरिवारलाई सम्मान स्वरुप रकम प्रदान गर्ने कुनै शहिद परिवारलाई रकम उपलब्ध नगराउदा विभेद भै अन्य शहिदहरुलाई अपमान हुने देखिएकोले बाकी शहिदपरिवारलाई पनि रकम उपलब्ध गराउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । धनकुटाका राष्ट्रिय श,हिदहरु भीम नारायण श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, डगल सिं लिम्बु, नारायण प्रसाद नोगु लिम्बु, प्रजालाल राई, बखतजंग पापो,चैनपुरे कान्छा, पिदक दाहाल, गंगा प्रसाद जोशी, राजन भट्टराई, गोविन्द वालिङ्ग लगायतका श,हिद परिवारलाई राहत उपब्ध गराउन र श,हिद घोषणा गर्न बाँकी रहेका धनकुटाका प्रजातान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा साहदत प्राप्त गरेका सवै यो,द्धाहरुलाई समेत राष्ट्रिय श,हिद घोषणा गर्न समेत नेपाल सरकार समक्ष माग गरिएको छ ।

तत्कालिन प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते धनकुटाका प्रजातन्त्र स्थापना, लोकतन्त्र र गणतन्त्र स्थापनाको क्रममा स,हादत प्राप्त गरेका ८४ जना यो,द्धाहरु मध्ये छिन्ताङ्ग ह,त्या का,ण्डमा स,हादत प्राप्त गरेका १६ जना यो,द्धा सहित २६ जनालाई राष्ट्रिय श,हिद घोषणा गरेको र फाँ,सीको स,जाय स्वरुप गो,ली हा,नी मा,रिनु भएका भीम नारायण श्रेष्ठलाई तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी ओली नेतृत्वको सरकारले २०७२ साल फाल्गुण १९ गते राष्ट्रिय श,हिद घोषणा गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।