अ ख्तियारको भे षमा सञ्चार मन्त्रालयमा बाँस्कोटाकै छा पा

काठमाडौं । ७० करोड कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ८ फागुनमा राजीनामा दिए । कञ्चनपुरको कार्यक्रममा रहदा ७ फागुनको मध्यरातमा उनले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएको थियो ।

प्राविधिक कमिटिको सुझाव विपरित २८ अर्बको स्याटलाइट खरिद प्रकरण, फोर जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का, देशभर अप्टिकल फाइवर बिच्छ्याउने गरी १० अर्बमा भईसकेको ठेक्कामा हस्तक्षेप, मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टममा दर घटाउन लगाएर ५ अर्बको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापनाका लागि डेढ अर्बको कार्यक्रमको लागत तीन अर्ब पु¥याउने देखि हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउन सात अर्बको चालु कार्यक्रम सम्ममा कमिसनमा काम गरिरहेको आरोप लागिरहेका निर्वतमान सञ्चारमन्त्री बाँस्कोटाको त्यसदिन करोडौ कमिसन आउने गरी सेक्युरिटी प्रेस किन्न गरिरहेको मोलमोलाईको अडियो सार्वजनिक भएको थियो ।

त्यसपछि उनले २४ घण्टा नबित्दै आफ्नो पदबाट राजीनामा दिन बाध्य भए । प्रधानमन्त्री ओलीको वफादार विश्वासप्राप्त बाँस्कोटा नै करोडौं घुस मागिरहेको अडियो प्रकरणमा मुछिएपछि उनलाई पार्टी भित्रै राजीनामाको दबाब बढ्यो । प्रधानमन्त्रीले चाहेर पनि उनलाई रोक्न सकेनन् । अन्ततः उनको राजीनामा मागियो ।

कञ्चनपुर रहेका बाँस्कोटा ८ फागुनमा दिउँसो काठमाडौं आएर सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगे । त्यहाँ उनले राजीनामा पत्र बुझाए । घुस लेनदेनको अडियो नै सार्वजनिक भएपछि उनीमाथी सिधै अख्तियारले कारवाही प्रक्रिया अगाडी बढाउन सकिने र छानविनको विषय उठिरहेको थियो । झण्डै एक खर्बका सात प्रोजेक्ट हातमा लिएर बसिरहेका बाँस्कोटामाथी ति सवै जसो प्रोजेक्टमा कमिसनमा काम गरिरहेको आरोप लागिरहेको थियो ।

त्यही बीच उनले बालुवाटारबाटै आफुले आफनो बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको सामाजिक सन्जालमा लेखे । त्यसअगाडी सम्म उनी मन्त्रालय आउने र त्यहाँ उनले आफ्ना कुरा राखेर राजीनामा दिने भनी सञ्चारमन्त्रालयमा सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो ।

उनी बालुवाटारबाट सिधैं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चढ्दै आईरहेको गाडीमा थापासँगै बालकोट पुगे । उनी बालकोटमा प्रधानमन्त्री ओलीकै निवासमा बस्दै आएका थिए । त्यो बीचमा सञ्चारमाध्यम एउटा समाचार आयो,–अख्तियारले उनीमाथी अनुसन्धानका लागि सोही दिन साँझ बाँस्कोटाको कार्यकक्षमा पुगेर छापा मा¥यो ।

सादा पोशाकका सुरक्षाकर्मीले बाँस्कोटाको कार्यकक्षमा पुगेर छापा मारी त्यहाँ रहेका कागजपत्र नियन्त्रणमा लियो । धरैलाई लाग्यो, बाँस्कोटा प्रकरणमा अख्तियारले चासो राख्यो र तत्कालै कागजपत्र नियन्त्रणमा लियो ।

तर त्यो अख्तियारले छापा मारेर काजगपत्र नियन्त्रणमा नलिई बाँस्कोटा आफैले आफ्ना मान्छे पठाएर त्यहाँका कागजपत्रहरु कब्जा गरेर लगेको रहस्य खुलेको छ । अख्तियार स्रोतले भन्यो,– ‘हामी त्यसदिन सञ्चारमन्त्रालयमा मन्त्रीको कार्यकक्षमा छापा मार्न पुगेकै छैनौं । अख्तियारले छापा मारेको भनी सञ्चारमाध्यममा खबर आउँदा आश्चर्यचकित भएका छौं ।’

अख्तियारले छापा नमारेको भए अख्तियारको नाममा अखिर कसले छापा मारेर काजपत्र लिएर हिड्यो ? अहिले यस विषयमा अख्तियार भित्र हल्लीखल्ली मच्चिएको छ । तर स्रोतका अनुसार बाँस्कोटाले नै त्यहाँका कागजपत्र आफ्नो हातमा लिनका लागि सादा पोशाकका सुुरक्षाकर्मीका नाममा आफ्ना मान्छे पठाएर कागजपत्र नियन्त्रणमा लिएका थिए ।

आफुमाथी छानविन गर्दा अन्य थप कमिसनका लागि काम भईरहेका प्रोजेक्टका कागजपत्र फेला पर्न सक्ने र त्यसले अप्ठायारो पार्न सक्ने भएपछि उनले प्रधानमन्त्रीसँगकै सल्लाहमा आफना मान्छे मन्त्रालय पठाई कागजपत्र गुपचुप रुपमा उठाएर हिडेको स्रोतले वताएको छ ।

अख्तियारले आफ्ना मान्छे मन्त्रालय गएर छापा मारेको समाचार प्रकाशित भएपछि को गएका रहेछन् भनी सिसि टिभि फुटेज हेरेको तर आफ्ना कोही पनि नगएको देखेपछि अख्तियारका नाममा अर्काै कसैले कागजपत्र उठाएर लगेको ठानेको छ ।

‘त्यसरी कागजपत्र अरुले उठाउने कुरा भएन की सिबिआई, की अख्तियार र की बाँस्कोटाले लग्ने कुरा हुन्छ,’ अख्तियार स्रोतले भन्यो, सम्पत्ति सुद्दिकरण (सिविआई) र हामी त्यहा पुगेकै छैनौं भनेपखि कसले लगेको होला अनुमान लगाउन सकिहालिन्छ नी । ’

बाँस्कोटाले मन्त्रालयका कागजपत्र चलाखीपूर्ण रुपले त्यही साझ उठाएर लगेवाट पनि देखिन्छ की बाँस्कोटाका हातमा रहेका खर्ब बढीको पोजेक्टभित्र कही न कही कमिसनका अन्य प्रकरणहरु पनि जोडिन आईपुग्छन् । नेकपाभित्र बाँस्कोटाका विषयमा पार्टीले पनि छानविन गर्नुपर्ने आवाज उठेको छ । तर प्रधानमन्त्री ओलीले पार्टीले भन्दा अख्तियारले यस विषयमा छानविन गर्ने भन्दै टार्न खोजिरहेका छन् ।-सफल खबर डटकम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।