धनकुटा बहुमुखी क्याम्पसमा ‘पेन डा,उन’

धनकुटा खबर । धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणव,द्ध आ,न्दोलनमा उ,त्रिएका छन् । लामो समय देखि आंशिक दरवन्दीमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गर्नका लागि चरणव,द्ध आ,न्दोलनमा उ,त्रिएको वताईएको छ ।

आंशिक प्राध्यापकहरुले विज्ञप्तीमा जनाए अनुसार लामो समयदेखि अनवरत आं,शिक प्राध्यापकको रुपमा अध्यापन गराँउदै आएको, श्रमको सही मूल्यांकन नगरिएको, पेशागत सू,रक्षाको ग्या,रे,ण्टी नभएको र क्याम्पसको व्यवस्थापन संकाय नै सिं,गो आं,शिक प्राध्यापकहरुले अध्यापन गरिरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

धनकुटा वहुमुखी क्याम्पस आंशिक प्राध्यापक समितिका अध्यक्ष दिनेश अधिकारी र सचिव रमेश श्रेष्ठ द्धारा संयूक्त हस्ताक्षरित विज्ञप्तीमा आंशिक प्राध्यापकहरुको समस्या वारम्वार क्याम्पस प्रशासनलाई राख्दा समेत क्याम्पस प्रशासनवाट उचित सुनुवाई नगरिएको कारण वा,ध्य भएर आन्दोलनमा उ,त्रिनु परेको वताईएको छ ।

घोषणा गरिएका आ,न्दोलनका कार्यक्रमहरुमा मंगलवार विहानी र दिवा सत्रमा पेन डाउन गर्ने, वुधवार क्याम्पसका सम्पूर्ण प्राध्यापकहरुको विहानी र दिवा सत्रमा पेन डाउन गर्ने लगायतका पहिलो चरणका कार्यक्रमहरु रहेका छन् ।

यसैगरि दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरुमा फागुन १९ गते सम्पूर्ण आं,शिक प्राध्यापकहरुको विहानी र दिवा सत्रमा पेन डाउन गर्ने, फागुन २० गते मंगलवार क्याम्पस प्रमुखको कार्यकक्षमा एक दिने तालावन्दी गर्ने र फागुन २१ गते वुधवार सम्पूर्ण आंशिक प्राध्यापकहरुको विहानी र दिवा सत्रमा पेन डाउन गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

यस अघि क्याम्पस प्रमुखलाई विज्ञप्ती वुझाउने र क्याम्पसका विभिन्न संघ संगठन तथा प्राध्यापक संघहरुलाई विज्ञप्ती वुझाउने कार्य सम्पन्न भईसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।