पाख्रीवासको राम्चेडाँडामा हेलिप्याड !
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा हेलिप्याड सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।
पाख्रीवास नगरपालिकाका उप-प्रमुख देवकला पौडेल तिम्सिना, नेपाल आर्मी हिले २ नं वाहिनीपति यम ढकाल, समाजसेवि मदन राई, स्थानिय निलम थापा, गोविन्द थापा लगायतको टोलिले पाख्रीवासको राम्चेडाँडामा हेलिप्याड सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
आज अध्ययन गरिएको स्थानमा हेलिप्याड सञ्चालनका लागि केही समयपछि नगर प्रमुख सहित सम्वन्धित सरोकारवालाहरुको वैठक वसी फाईनल निर्णय गरिने नगरपालिकाका उप-प्रमुख तिम्सिनाले वताउनुभयो ।



