ताला खुलेसंगै उद्योग बाणिज्य संघ धनकुटाको निर्वाचन कार्यतालिका प्रकाशित
धनकुटा खबर । उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लगाईएको ताला खुलेसंगै निर्वाचन समितीले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
मंसिर २३ गते भएको महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको र नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसरबाट बञ्,चित गरिएको भन्दै उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाईएको थियो ।
८० दिन पछि आज ताला खुलेसंगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयुक्त विकास प्रधानले जानकारी दिनु भयो । फागुन १५ गते मतदाता नामावली प्रकाशन भएसंगै फागुन २४ गते शनिबार मतदान कार्यक्रम निर्धारण गरिएको प्रधानको जानकारी बताउनु भयो ।



