प्राकृतिक स्रोतलाई व्याक्तिको मात्र हितमा लगाउनु हुन्न – प्रजिअ धनकुटा
वन जोगाउँन सबैको दायित्व आवश्यक
धनकुटा खबर, १६ फागुन । सामुदायीक वनहरुको संरक्षण कुनै एक निकाय वा संस्थाले मात्र नगरे र यसमा सबैको दायित्व हुनु पर्ने र वन जोगाउँन आवश्यक रहेको धनकुटामा आज आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
दिगो शान्तिका लागि उन्नत सम्वन्ध प्राकृतिक स्रोत द्ध,न्द्ध रुपान्तरण शान्तिका लागि साझेदारी कार्यक्रम पूर्व क्षेत्र धनकुटाले आयोजना गरेको जिल्ला स्तरिय संवाद तथा समन्वय समितिको बैठकमा यस्तो बताएका हुन् ।
संवाद कार्यक्रमा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला शाखा धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले वन फ,डानी गर्ने क्रम बढ्दै गएकोले अव वन लाई धार्मिक वन गठनमा प्राथमिकता दिन आवश्यक भएको बताउँदै धर्म संस्कृतिको ड,रले समेत वन मा,स्ने र फ,डानी रोकिने विभिन्न घ,टनाले पुष्टीगर्दै लगेको बताए ।
पत्रकार सन्तवीर लामाले संचार माध्यममा वन फ,डानी गर्ने व्यातिmको नाम संचार माध्यमा आउँदा समेत उनिहरु कारबाहिको दायरामा आउन नसक्नु दुख भएको बताए । कार्यक्रमा बोल्दै डिभिजन वन कार्यलय धनकुटाका डिभिजन वनअधिकृत यूवराज मास्केले वन संरक्षण र व्यावस्थापनमा सबैको साथ सहयोग हुन आवश्यक भएको र कार्यलयको तर्फ बाट वन संरक्षण र व्यावस्थापनको काम भईरहेको बताउनु भयो ।

कार्यक्रमा बोल्दै धनकुटा नगरपालिकाकी उपप्रमुख सकुन्तला बस्नेतले मानविय क्ष,तीहुने संभावना भएका स्थानको पहिचान गरी त्यस्ता स्थानका रुख र वनको चाँडो व्यावस्थापन हुनु पर्ने बताउनु भयो ।
त्यस्तै प्राकृतिक सोतको व्यावस्थापन हुनु आवश्यक भएकोले प्राकृतिक स्रोतलाई व्याक्तिको मात्र हितमा लगाउन नहुने प्रमुख जिल्ला अधिकारी डा.कृष्णवहादुर घिमिरेले बताऊनुभएको छ ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती धनकुटाका संयोजक टंकबहादुर चौहानले सार्वजनीक जग्गा मि,च्ने वन फ,डानी गर्ने जस्ता कार्य मौलाउनु राम्रो नरहेको बताउँदै प्रकृयागत कार्य ज्यादै ढिलो हुनाले समेत धेरै स,मस्या हुने र त्यस लाई व्यवस्थीत गर्न आवश्यक भएको बताउँनु भयो ।
कार्यक्रमा राष्ट्रिय स्रोत व्याक्ति भोजबहादुर विश्कर्माले कार्यक्रमले धनकुटा जिल्लामा वन संग सम्वन्धीत द्ध,न्दको विषय, पृष्ठ भूमि र समाधानका लागि गरिएका कार्यको प्रस्तुती गर्नु भएको थियो । भने कार्यक्रमका अध्यक्ष सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल बहादुर थापाले राष्ट्रिय गौरबका आयोजना निर्माण गर्दै गर्दा वनमा अ,सर परि रहेको र निर्माण कार्यलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँनु भयो ।


