धनकुटामा जलवायु सम्वन्धी सचेतना कार्यक्रम हुने
धनकुटा खबर । ‘हिमाली ब,चाऔं, नदी जो,गाऔं’ भन्ने मूल नाराका साथ मानव अधिकार तथा शान्ति समाज धनकुटाको आयोजनामा फागुन १७ गते शनिवार धनकुटामा जलवायु परिर्वतन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्र,भाव वारे सचेतना कार्यक्रम हुने भएको छ ।
धनकुटा–७ मदन चोकमा हुने कार्यक्रममा डा. देवेन्द्रराज पाण्डे, श्रीमती पद्या पाण्डे, संस्थापक सभापति कृष्ण पहाडी, शान्ति समाजका सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव शसिल वस्नेत, अनुशासन समिति संयोजक डिकप्रसाद घिमिरे, लोक कवि अर्जुन पराजुली, छन्द कवि सुरेश सत्याल सहित १२ जना वत्ताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको मानव अधिकार तथा शान्ति समाज धनकुटा शाखाका सचिव केदारकाजी भट्टराईले बताए ।
फागुन १४ गतेदेखि सुरु भएको सो अभियान धनकुटा सहित पूर्वी नेपालका ६ जिल्लामा संचालन भइरहेको छ ।


