हिले मावि धनकुटाको नव निर्मित भवनको स,मुद्घा,टन
धनकुटा खबर, फागुन १६ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेको नव निर्मित ४ कोठे भवनको आज समुद्घाटन गरिएको छ । संघिय संषद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् धनकुटा नगरपािलकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच नव निर्मित भवनको उद्घाटन गरिएको हो ।
हिले मा वि को क्याम्पस तहको शिक्षण सञ्चालन उपयोगका लागि संघीय सरकार अन्र्तगत जिल्ला आयोजना कार्यन्वयन ईकाई शिक्षा धनकुटाद्वारा प्राप्त ६२ लाख २१ हजार ५ सय लगतमा यो भवन निर्माण गरिएको हिले मा वि का प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।
भवन उद्घाटन कार्यक्रम कै अवसरमा यस विद्यालयका पूर्व विद्यार्थी, हाल शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक राजेन्द्र वुढाथोकीले विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको छ । आफ्ना पिता भक्त वहादुर वुढाथोकी र माता यज्ञ कुमारी वुढाथोकीको नाममा २ लाख वरावरको यज्ञ कुमारी भक्त वहादुर वुढाथोकी अक्षकोष स्थापना गर्नुभएको हो ।

अक्षकोषबाट प्राप्त व्याजले हिले मावि मा अध्ययन गरि कक्षा ८ का उत्कृष्ठ अंक ल्याउने छात्र वा छात्रा मध्ये एक, छात्रा मध्ये एक र एक दलित गरि तीन जना, एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र वा छात्रा एक, छात्रा मध्येका एक र दलित एक गरि तीन जना जम्मा ६ जनालाई पुरस्कार प्रदान गर्ने गरि अक्षकोष स्थापना गरिएको निर्देशक वुढाथोकीले जानकारी गराउनुभयो ।
कार्यक्रममा वोल्दै संघिय संषद राईले शिक्षामा श्रम, सीप र वजारको आवश्यक्ता महसुस गरि वर्तमान सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा शूरु गरेको वताउनुभयो । उहाँले धनकुटा जिल्लाकै शैक्षिक विकासका लागि आफुले तदारुकताका साथ भूमिका निर्वाह गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै प्रदेशसभा संषद निरन राईले जव सम्म शिक्षको पहुँच सवैमा पुर्याउन सकिदैन तव सम्म देशको विकासले सोचे जस्तो गति लिन नसक्ने भन्दै प्रदेश सरकार अहिले प्रार्देशिक विश्व विद्यालय निर्माण तर्फ अघि वढेको वताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास समन्वय ईकाईका प्रमुख मोहन राई, हिले मावि का शिक्षक अभिभावक संघका संयोजक लालचन गोङ्वा, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा, जिल्ला कार्यन्वयन ईकाई शिक्षा धनकुटाका अधिकृत शम्भु पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा धनकुटा नगरपालिका का १ नं वडाध्यक्ष निरेन तामाङले राख्नुभएकाे थियाे । कार्यक्रममा विद्यालयकाे तर्फवाट नगर प्रमुख तामाङले प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।


