उद्योग बाणिज्य संघ धनकुटाको अध्यक्षमा विजयसन्तोषी निर्वाचित

धनकुटा खबर, १९ फागुन । धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा विजयसन्तोषी राई निर्वाचित हुनु भएको छ । निर्वाचन प्रकृया सर्वसम्मत रुपले अगाडी बढेपछि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार राई सहित सबै पदाधीकारीहर सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन आयुक्त विकास प्रधानले विजयी घोषण गर्नु भएको थियो ।

अन्य पदाधीकारीमा वरिष्ठ उपाध्यक्षमा मनकुमारी तितुङ्ग,(तारा),उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, उपाध्यक्ष कृष्णराज शाक्य, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर गोङ्गवा तामांग, सचिव राम वहादुर राय, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरुमा अम्विका धमला, सुनिता पौडेल थापा, रेजिना पलिखे, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ्ग, उज्वल कर्माचार्य, दिजेश शाक्य, देव वहादुर विश्वकर्मा र भीम वहादुर लिम्बुले विजयी भएका हुन् ।

धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भए पछि धनकुटा खबरसंग कुरा गर्दै अध्यक्ष राईले सबैलाई समेटेर अगाडी बढ्ने र आर्थिक रुपमा धनकुटालाई माथी उकास्ने कार्यमा लाग्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।