धनकुटा उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

धनकुटा खबर, २१ फागुन । धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन । सोमबार सर्वसम्मतबाट संघको अध्यक्षमा सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले आजबाट औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् ।

सोमबार नै विजयी घोषण भएका अध्यक्ष विजयसञ्तोषी राई वरिष्ठ उपाध्यक्षमा तारा तितुङ, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, खगेन्द्रकुमार बिष्ट, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर तामाङ गोङ्वा, सचिवमा रामबहादुर राया र कोषाध्यक्षमा रुपेश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा अम्विका धमला, रेजिना पालिखे, सुनिता थापा पौडेल, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ, उज्वल कर्माचार्य, दिजेश शाक्य, देवीबहादुर वि.क. र भीमबहादुर खेवा लिम्बुले सर्वसम्मत निर्वाचित भएका थिए ।

पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष राईले उद्योग वाणिज्य संघलाई प्रभावकारी बनाउँदै धनकुटाको विकास कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट अगाडि बढाउने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख टंक चुहान, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, रेडक्रस धनकुटा सभापति हरिकुमार राई उद्योग वाणिज्य संघ धनकुटाका निवर्तमान अध्यक्ष उमेश घिमिरे लगायतले उद्योग तथा व्यापारको सामूहिक हितका लागि नयाँ नेतृत्व उदारहणीय काम गर्न सकोस भनी सफलताको शुभकामना दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖