धनकुटाको महालक्ष्मी नगरमा आ,त्मर,क्षा तालिम सम्पन्न
धनकुटा खबर, २२ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १७ माध्यमिक विद्यालयका करिब २ सय जना छात्रालाई दिएको आ,त्मरक्षा तालिम आज सम्पन्न गरेको छ ।
फागुन १७ गते बाट सुरु भएको कार्यक्रम आज समापन गरेको हो । म,हिला हिं,साविरु,द्ध बर्ष दिन भरि नै विभिन्न कार्यक्रम संचालन गर्ने अभियान अन्र्तगत विभिन्न विद्यालयका करिब २ सय जना छात्रालाई नगगरपालिका भित्रका ६ स्थानमा आ,त्मर,क्षा तालिम संचालन गरिएको महिला तथा बालबालिका उपशाखाकी प्रमुख गिता लुईटेलले जानकारी दिनु भयो ।

तालिममा सहभागि छात्रा तथा शिक्षकहरुले भने त्यस्तो प्रतिर,क्षा तालिमलाई स्थानिय पाठ्क्रमा नै समाबेश गर्नु आवश्यक भएको समेत बताएका थिए । कार्यक्रमा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारी कार्कीले छात्राहरुलाई प्रतिर,क्षा तालिम दिनु महत्व पूर्ण कार्य भएको बताईन् ।
त्यस्तै प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले प्रतिर,क्षा तालिम आफैमा राम्रो रहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम संचालन गर्नु आवश्यक रहेको बताए । तालिमको प्राविधिक सहयोग धनकुटा ते,क्वान्दो संघको रहेको थियो । तालिम कार्यक्रको संचालन गिता लुईटेलले गर्नु भएको थियो ।


