धनकुटाको पाख्रीवासमा निर्माण भईरहेको यलम्वर पार्कको निर्माण कार्य अब अ,न्तिम चरणमा
धनकुटा खबर, फागुन २५ । पर्यटक प्रवद्र्धनमा थप टेवा पुर्याउने लक्षका साथ पाख्रीवास ४ मा निर्माण भईरहेको यलम्वर पार्कको निर्माण कार्य अ,न्तिम चरणमा पुगेको छ ।
पछिल्लो समय पर्यटक आ,कर्षणको हिसावले निक्कै महत्वपूर्ण स्थान सिमसार क्षेत्र नजिकै वनिरहेको यो पार्क निर्माणको काम अहिले अ,न्तिम चरणमा पुगेको किराँत भाषा उत्थान तथा सं,रक्षण समितिले जनाएको छ । किराँती राजा यलम्वरहाङ्गको करिव ११ फुट अग्लो शालिक सहितको यो पार्क निर्माण कार्य अन्र्तगत पार्कमा टायल वि,च्छ्याउने र मूर्तिमा रंगरोगन गर्ने काम बाँकी छ ।
यहाँ पार्क निर्माणका प्रदेश संसद विनादेवी राईवाट ६ लाख सहयोग प्राप्त भएको र बाँकी संस्था र अन्य श्रोत वाट लगानि गरिएको समितिले जनाएको छ । यो पार्क वनिएपछि पाख्रीवासमा पर्यटक आगमन थप वढ्ने अपेक्षा गरिएको छ ।


