८ बर्षीय यी वा,लिका जसले मोदीले दिएको सम्मान अ,स्वीकार गरिन

काठमाडौं । प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अ,स्वीकार गर्ने आठ वर्षीया बालिका लि,सिप्रिया क,न्गुजम हुन्। लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मु,द्दामा निकै सक्रि,य छिन्।

उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्। भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ। भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रि,याले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वी,कार नगर्ने बताइन्।

उनले लेखिन्, प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्र,शंसा चाहिँदैन। यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उ,ठाउन भन्नुहोस्। मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस्। म तपाईँको पक्षमा छैन।

बीबीसीका अनुसार उनले प्रधानमन्त्री मोदी र सांसदहरूसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छन्।लिसिप्रि,याको प्र,तिक्रियाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका प्र,तिक्रिया आएका छन्।

केहीले उनको आँ,टिलोु टिप्पणीको प्रशंसा गरेका छन् भने केहीले उनलाई भ्र,ममा राखिएको बताएका छन्। केहीले त्यो ट्वीट उनले लेखेकोमा आश,ङ्का व्यक्त गरेका छन्।ट्विटरमा उनको परिचयमा सो खातामा उनका अभिभावकद्वारा व्यवस्थापन गरिने उल्लेख छ।

केहीले उनले भारत सरकारको अ,पमान गरेको धारणा राखेका छन्।उनको तुलना स्वीडनकी वातावरण अभियानकर्मी ग्रे,टा टू,न्बेर्गसँग पनि गरिन्छ। तर लिसिप्रि,याले त्यो मन पराउँदिनन्। उनी आफ्नै परिचय भएको बताउँछिन्।उनले ट्विटरमा आफूलाई एक बे,घर पर्यावरण कार्यकर्ता भनेकी छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।