राज्यको हरेक निकायमा म,हिलाको सहभागीता अनिवार्य हुनुपर्छ – लिला सुब्बा

धनकुटा खबर, चैत १ । १ नं प्रदेश सभा सदस्य लिला सुब्बाले राज्यको हरेक निकायमा अनिवार्य म,हिलाको सहभागिता आवश्यक रहेको वताउनु भएको छ । नेपाल म,हिला संघ धनकुटाले आज पाख्रीवासमा आयोजना गरेको कार्यक्रममा वोल्दै उहाँले त्यस्तो वताउनु भएको हो ।

म,हिला सहभागिता बिना कुनै पनि कार्य सफल नहुने भन्दै उहाँ हरेक तह र निकायमा म,हिलाको अर्थपूर्ण सहभागीता अनिवार्य हुन जरुरी रहेको धारणा राख्नुभयो ।

नेपाल म,हिला संघ पाख्रीवास नगर कार्य समितिका अध्यक्ष यशोदा वस्नेतको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इन्दिरा कार्कीले गर्नु भएको थियो । स्वागत मन्तव्य सह-सचिव धनमाया तामाङ्गले राख्नुभएको थियो ।

कार्यक्रम कै अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटाको सभापतिमा चयन हुनु भएका रोशेष श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षतामा निर्वाचित विजय सन्तोषी राई र सदस्य अम्विका देवी धमलालाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।