दुःख नभएको कसैको पनि जीवन हुँदैन – पल शाह (भिडियो सहित)

काठमाडौं । दुःख नभएको कसैको पनि जीवन हुँदैन । तर पनि हामी जीवनमा दुख नआओस् भन्न चाहन्छौं । मुक्तिनाथ पुगेपछि मैले मेरो मन शान्त भइरहेको छ । म सानो कुराहरुले पनि खुसी हुने मानिस हो । मुक्तिनाथ पुगेका नायक पल शाहले भनेको शब्द हो यो । फागुन ३० गते म यस्तो गीत गाउँछु २ हलमा रिलिज गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

तर अहिले विश्वब्यापी भएको कोरोनाको प्रभावका कारण नेपालमा पनि सरकारले भि,डभाडका कार्यक्रम नगर्नु, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्नु भनेर अपिल गरेका कारण उक्त फिल्मको रिलिजको मिति सरेको छ । नायक पल शाह र नायीका पुजा शर्माको मुख्य भूमिका रहेको फिल्मको रिलिज मिति पर सर्ने भएपछि निर्माता सहित यो टिम मुक्तिनाथ मन्दिरको दर्शनका लागि पुगेको छ ।

निर्माता सुदर्शन थापाले सरकारको अपिलको मान्यता राख्दै फिल्मको रिलिज नगरेको बताए । उनीहरुले अहिले कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने कुरा निर्धारण नगरेको बताएका छन् । विश्वनै कोरोना मुक्त भएको दिन नै फिल्म रिलिज हुन सक्ने उनीहरुको भनाई छ । उनले कोरोनावाट नेपालीलाई मुक्तिनाथले बचाइराखेको र अझै पनि सबै नेपालीको रक्षा होस् र फिल्म सफल होस् भनेर आफुहरु मुक्तिनाथ पुगेको बताए । संगै रहेका नायक पलले विश्वनै कोरोना मुक्त होस् भन्ने कामना लिएर मुक्तिनाथ पुगेको बताए । उनीहरुको टिम पोखरा हुँदै मुक्तिनाथको दर्शनका लागि पुगेका थिए ।

पुजाले मुक्तिनाथ जतिवेला जाँदा पनि नयाँपनको अनुभव हुने बताइन् । उनले प्रत्येक फिल्म रिलिज हुने अघि मुक्तिनाथ पुग्ने गरेको बताइन् । पुजाले मुक्तिनाथको वाइसधारामा नुहाएको पनि बताइन् ।उनले यस अघि पनि प्राय फिल्मको रिलिज अघि पुग्ने गरेका कारण अहिले पनि मुक्तिनाथ पुगेको बताए । सुदर्शनले आफु यस अघि १० पटक पुगिसकेको बताए । पुजाले पनि यस अघि थुप्रै पटक मुक्तिनाथ पुगेको भएपनि उनले प्रेम गीत फिल्मको सुटिगंको लागि मुक्तिनाथ पहिलो पटक पुगेको बताइन् ।

उनले आफ्नो त्यो फिल्म सुपरहिट भएका कारण मुक्तिनाथ आफ्नो लागि निकै लक हुने बताइन् । त्यसैले पनि हरेक पटक फिल्म रिलिज हुनुपूर्व उनी मुक्तिनाथ पुग्ने गरेकी छन् । उनीमात्र होइन निर्देशक सुदर्शन थापा पनि हरेक फिल्मको रिलिज अघि मुक्तिनाथ पुग्ने गरेका छन् । त्यसैले उनको यो भ्रमण १० औं पटक पुगेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।