दक्षिण कोरियामा ६० विदेशी कोरोना स,ङ्क्र,मित – नेपाली सुरक्षित
काठमाडौँ, ५ चैत । दक्षिण कोरियामा कोभिड-१९ बाट स,ङ्क्र,मित विदेशीको सङ्ख्या ६० ना,घेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना स,ङ्क्र,मित छन् । दोस्रामा अमेरिकी सातजना छन् ।
त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना स,ङ्क्र,मित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।
हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को स,ङ्क्र,मण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । कोरियामा कोभिड–१९ को स,ङ्क्रम,णबाट ७५ जनाको ज्या,न गइसकेको छ भने हालसम्म स,ङ्क्र,मित हुनेको सङ्ख्या आठ हजार १६२ पुगेको छ ।


