कस्ले पाउला पु: न इन्ट्री ? हेर्नुहोस् नेपाल आइडलबाट टप १० मा पुगेर बा हिरिएकाहरुको आजको प्रस्तुति
काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ बाहिरिएकी छिन् ।
मेघा बाहिरिए संगै अब नेपाल आइडलमा केभिन,प्रवीण बेडुवाल, नेसन पुन मगर, र सज्जा चौलागाईं प्रतिस्पर्धामा बाँकी छन् ।
यसैबीच आजको श्रृखंलामा उत्कृष्ट १० प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गर्दैछन् । वाइल्ड कार्डबाट उत्कृष्ठ एकले प्रतिस्पर्धामा पुनः प्रवेश पाउने छन् ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
नेपाल आइडल सिजन–३ का विजेताले नगद रु. ५० लाख प्राप्त गर्ने छन् । फष्ट रनर अपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने नेपाल आइडलले जनाएको छ ।


