कोरोनाबाट ब,च्न धनकुटाका सम्पूर्ण हाटबजार ब,न्द

धनकुटा खबर । धनकुटामा नोवेल कोरोना भा,ईरस (कोभिड-१९) बाट ब,च्नका लागि सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय गरिएको छ । जिल्लामा शुक्रवार सम्पन्न सर्वपक्षय भेलाले हाटबजार बन्द गरी धनकुटाको मुख्य नाका भेडेटारमा पहिलो चरणमा स्वास्थ्य परिक्षण डेस्स(हेल्प डेक्स) स्थापना गर्ने लगायतका निर्णय गरेको हो ।

विभिन्न स्थानियतहका प्रमुख एवम् प्रतिनिधिहरुले सवै स्थानीय तहमा यो भा,ईरसको सं,क्रमणबाट ब,च्न व्यापक जनचेतना अभिवृद्धी गर्दै जनसमुदाय नै अभियानमा जुट्नु आवाश्यक रहेको भन्दै सबैले उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको सर्वमापक्षिय भेलामा स्वास्थ्य कार्यालय धनकुटका प्रमुख तुलसी प्रसाद गुरागाई र धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले धनकुटामा अहिले नोवेल कोरोना भा,ईरसबाट ब,च्न अपनाईरहको अवस्थाको वारेमा जानकारी गराएका थिए ।

भेलाले पहिलो चरणमा धनकुटाको प्रमुख नाका भेडेटारमा हेल्प डेक्स स्थापना गर्ने, सातैवटा तहका नाकाहरुमा क्रमश: हेल्प डेक्स स्थापना गर्दै जाने,धनकुटाको औद्योगिक ग्राममा तत्काल कोरोनटाईन स्थापना गरी आईसोलेसन वार्ड राख्ने र धनकुटा जिल्ला भरी लाग्ने साप्ताहिक हटियाहरु बन्द गर्ने, भेला, सम्मेलन,बैठक लगायतका जमघटहरु बन्द गर्ने र सवै सरकारी कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकृत जयराम श्रेष्ठले वताउनु भयो ।

त्यस्तैगरी सवै सरकारी तथा सामाजिक संघ संस्थाहरुको समन्वयमा व्यापक प्रचार प्रसार गरी नोवेल कोरोना भाईरसबाट बच्ने उपाहरुको सचेतना जगाउने र बजारमा दैनिक उपभोग्य सामाग्रीहरु लगायत औषधीको अभावहुन नदिन कढाईका साथ अनुगमन गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।