धनकुटामा ४ महिना सम्म पुग्ने सामाग्री छ, अनावश्यक स्टक गरी कृत्रिम अभाव सिर्जना नगरौं

धनकुटा खबर । अनावाश्यक ह,ल्ला र भ्र,मका कारण धनकुटामा कृत्रिम अभाव भै हा,हाकार हुन सक्ने ख,तरा बढेको भन्दै धनकुटा उद्योग बाणिज्य संघले दैनिक उपभोग्य समाग्री लगायत पेट्रोलियम पर्दाथ स्टक नर्गन सवैमा आग्रह गरेको छ ।

आज विज्ञप्ती प्रकाशित गरी उद्योग वाणिज्य संघले यातायत बन्द भै दैनिक उपभोग्य सामाग्रीहरु र पेट्रेलियम पर्दाथ ढुवानी ब,न्द हुन सक्ने हल्ला र भ्र,मका कारण व्यापारी तथा व्यावसायीहरुले समान स्टक गर्ने र उपभोक्ताहरुले समेत त्रा,सका कारण आवाश्यकता भन्दा पनि बढी अनावाश्यक रुपमा दैनिक उपभोग्य सामाग्रीहरु लगायत पेट्रोलिय पर्दाथ स्टक गर्न थालेकोले बजारमा कृत्रिम अभाव सिर्जना हुदै जाँदा हा,हाकार हुन सक्ने ख,तरा बढे पछि सामाग्री स्टक नर्गन सवै व्यापारी र उपभोक्ताहरुलाई गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा हस्ताक्षरीत विज्ञप्तीमा धनकुटा जिल्लावासीहरुलाई चार महिना सम्म पुग्ने दैनिक उपभोग्य सामाग्रीहरु स्टक (मौज्दात) रहेकाले त्र,सित नभई सं,यमित हुन आग्रह गरिएको छ ।

सामाग्री स्टक गरी कृत्रिम अभाव सिर्जना गर्ने मुल्य बृद्धी गर्ने कार्य द,ण्डनीय कार्य भएकाले यस प्रकारका कार्यहरु नर्गन र नगराउन सवैमा अनुरोध गर्दै निर्वाध रुपमा सस्तो र सुलभ दरमा दैनिक उपभोग्य समाग्रीहरु उपलब्ध गराउन र कृत्रिम अभाव हुन नदिन व्यापक अनुगमन भैरहेकोले अनुगमन कार्यमा सहयोग गर्न समेत धनकुटाका सम्पूर्ण व्यापारी, उद्योगी, व्यावसायीहरुमा धनकुटा संघले अपिल गरेको छ ।

मुलुकमा कोरोना भा,ईरसबाट आउने सक्ने ख,तरालाई सामना गर्न कुनै एक व्यक्ति वा सरकारको पहलबाट मात्र सम्भव नहुने भएकाले आम जनसमुदाय नै अभियानको रुपमा कोरोना भाईरको सं,क्रमण हुन नदिन सचेतना अभियानमा जुट्न विज्ञीप्ती मार्फत आग्रह गरिएको छ । कोरोना भाईरसको सं,क्रमणबाट बच्न आ-आफ्नो पसल तथा उद्योगको अगाडी हात धुने प्रवन्ध गरी सवैलाई हात धुन लगाउन समेत धनकुटाका उद्योगी व्यावसायी र व्यापारीहरुलाई अनुरोध समेत विज्ञप्ती मार्फत संघले गरेको छ ।

त्यसैगरी जिल्लाका स्थानीय तहहरुसंगको सहकार्यमा भोली देखी चौक चौकमा र सार्वजानिक स्थलमा हात धुने व्यवस्था गर्ने संघले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।