लकडाउन हुँदा धनकुटामा जे देखियाे – हेर्नुहोस् भिडियो
धनकुटामा लकडाउनको प्रभाब
धनकुटा, चैत्र ११ । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले सिधुवा जोरपाटि भेडेटार लगायत जिल्लाका बिभिन्न स्थानका बजार सुनसान बनेका छन् ।
एक्कासी गरीएको लकडाउनले बिभिन्न काम तथा पढाइको सिलसिलामा बाहिर बासोबास गर्ने हरु समस्यामा परका छन् । आफ्नो घर सम्म जान चाहनेलाइ सिफारीस लिएर जाने ब्यस्था मिलाइएको धनकुटाको प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले जानकारी दिनुभयो । बजारमा दैनिक उपभोग्य दुग्ध, तरकारीका पसल बाहेक सबै बन्द गराइएको छ ।

यातायातको हकमा भने एम्बुलेन्स तथा सिफारीस लिएर मात्र दैनिक उपभोग्य सामाग्री ढुबानि गर्ने ब्यबस्था गरिएको छ । प्रहरीले धनकुटाका मुख्य नाका भेडेटार धनकुटा जिरोप्वाइन्ट, हिले सिधुवा लगायतका स्थानमा चेक जाँच क,डा बनाइएको छ ।
लकडाउनको बारेमा सर्बसाधारणले नबुझेका कारण बजार पसल बन्द गराउदै हिड्नु परेको प्रहरीचौकी हिलेका इन्चार्ज कुमार खड्काले जानकारी दिनुभयो ।


