निषेधाज्ञाको दोश्रो दिन – धनकुटाको अवस्था सामान्य

धनकुटा खबर, चैत १२ । विश्वभर महामा,रीको रुपमा फैलिरहेको कोरोना भाईस सं,क्रमणवाट सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जारी गरेको निषेधाज्ञा अनुसार आज दोश्रो दिन जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

प्रशासनको यो कदमलाई सर्वसाधारण मानिसहरुले सहज रुपमा साथ दिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाईरस सं,क्रमणवाट सूरक्षित र सर्तक रहनका लागि अव के गर्ने भन्ने वारेमा जिल्ला विपत व्यवस्थापन समितिको वैठक वसी विभिन्न निर्णयहरु पनि गरिएको वताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको अध्यक्षतामा वसेको वैठकले यसअघि औद्योगिक ग्राममा वनाईएको क्वारेन्टाईन सञ्चालन वारेमा छलफल गरेको छ ।

जसका लागि यसको भौतिक व्यवस्थापन पक्ष नेपाल आर्मी,उपचार व्यवस्थापन जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मा र सम्पूर्ण व्यवस्थापनको काम स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले हेर्ने निर्णय भएको सूचना अधिकारी श्रेष्ठले वताउनुभयो ।

यसैवीच धनकुटा जिल्लामा अहिले अन्य देशहरुवाट हालै नेपाल फर्किएका १४ जना व्यक्ति अहिले होम क्वारेन्टाईनमा रहेको उहाँले जानकारी दिनुभयो । साथै कोरोना सं,क्रमित युवती नेपाल फर्किएको कतार एयरवेजको जहाजवाटै आएका धनकुटा चौविसे गाउँपालिका ५ का दिपक भण्डारी अन्तै वसाई सरेको पाईएको पनि सूचना अधिकारी श्रेष्ठले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।