बैंकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न धनकुटा उद्योग संघको आग्रह

धनकुटा खबर, १३ चैत्र । कोरोना भा,ईरस (कोभिड १९) लाई फैलन नदिई नि,यन्त्रण गर्नका लागी सरकारले लगाएको लक डाउनले धनकुटा लगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय ब,न्द भएकोले लक डाउन अवधिभरको बैकको ब्याज र घर भाडा महिना गरी सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग (तारा) ले विज्ञप्ती जारी गरी लकडाउनका कारण उद्योग धन्दा, व्यापार व्यावसाय धारासायी बन्दै संकटमा परी ठूलो समस्या उपत्पन भएकोले बैकको व्याज र घर भाडा मिनाहा गरी सहयोग गरी दिन हुन सम्वन्धित पक्षसंग अनुरोध गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

बैक तथा वितिय संस्थाबाट ऋण लिएर र घर भाडामा लिएर संचालन गरिएको उद्योग, धन्दा, व्यपार, व्यावसाय सरकारको कोरोना भा,ईरस नि,यन्त्रणका लागी लकडाउ गर्ने निर्णयको समर्थन गरी सहयोग गर्दै पूर्ण रुपमा ब,न्द गरिएको हुदा लक डाउन गरिएको समय देखी नेपाल सरकार र वितिय संस्था (लघु बृत्त,सहकारी) संचालकहरुलाई बैक र लघु वृत्त, सहकारी संस्था लगायत सवै वितिय संस्थाबाट लिएको ऋणको व्याज मिनाहा गरीदिन हुन र (घरवाला)घर धनीहरुलाई समेत लकडाउन अवधीभरको घर भाडा नलिई छुट गरी दिन समेत आग्रह गरिएको अध्यक्ष राईको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।