भारतमा एकजना कोरोना सं,क्रमितले गर्दा ४० हजार मानिस क्वारेन्टाइनमा

काठमाडौं । भारतमा एकजना कोरोना भाइरस सं,क्रमितले गर्दा ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । पञ्जाब राज्यका कोरोना सं,क्रमित एक व्यक्तिले गर्दा २० गाउँका ४० हजार मानिस पञ्जाब सरकारले क्वारेन्टाइनमा राखेको बीबीसीले जनाएको हो ।

इटली र जर्मनी भ्रमण गरेर भारत फर्किएका एक ७० वर्षीय धर्म प्रचारक गुरुका कारण ४० हजार मानिस क्वारेन्टाइनमा जानु परेको हो । ती धर्म प्रचारक वृद्धको भने कोरोना सं,क्रमणबाट मृत्यु भइसकेको बताइएको छ ।

होम क्वारेन्टाइनमा बस्न भनिएका ती वृद्धले नियमको पालना नगरि विदेशबाट फ,र्किएपछि शिख धर्मावलम्बीको ठूलो पर्व होला मोहल्लामा समावेश भएका थिए। होलाको अवसरमा आयोजीत मेलामा प्रत्येक दिन १० हजार मानिस उपस्थित भएका थिए । उनको प्रत्यक्ष सम्पर्कमा आएका मानिसको पहिचान गर्दै उनी घुमेका गाउँका मानिसलाई समेत क्वारेन्टाइनमा राखिएको हो ।

हाल उनको परिवारलाई समेत कोरोना भा,इरसको सं,क्रमण भएको पुष्टि भइसकेको छ । हालसम्म भारतमा कोरोनाको सं,क्रमणबाट २० जनाको मृ,त्यु भइसकेको छ भने ९४४ जना सं,क्रमित छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖