लकडाउनमा धनकुटेलीको संयमता – हेर्नुहोस् भिडियोमा जे देखियो
धनकुटा । आज लकडाउनको छैठौ दिन । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले पाख्रिवास सिधुवा जोरपाटि भेडेटार राजारानी लगायत जिल्लाका बिभिन्न स्थानका बजार सुनसान बनेका छन् ।
बजारमा दैनिक उपभोग्य दुग्ध, तरकारीका पसल बाहेक सबै बन्द गराइएको छ । यातायातको हकमा भने एम्बुलेन्स तथा सिफारीस लिएर मात्र दैनिक उपभोग्य सामाग्री ढुबानि गर्ने ब्यबस्था गरिएको छ ।
प्रहरीले धनकुटाका मुख्य नाका भेडेटार धनकुटा जिरोप्वाइन्ट, हिले सिधुवा लगायतका स्थानमा चेक जाँच कडा बनाइएको छ ।


