धनकुटामा कोरोना सतर्कता – थप सूर,क्षाका लागि पिपिई माग गरिने
धनकुटा खबर । कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रम,ण विश्वव्यापी फै,लिरहेको वेला यसवाट थप सूर,क्षा सर्तकता अपनाउन धनकुटा जिल्लामा व्यक्तिगत सूरक्षात्मक उपकरण (P.P.E. : Personal Protective Equipment) माग गर्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितिको हलमा आज वसेको कोभिड कमाण्ड पोष्टको वैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकले केन्द्र र प्रदेश सरकार समक्ष ती उपकरण माग गर्ने निर्णय गरेको उहाँले वताउनुभयो ।
साथै वैठकमा कोरोना भा,ईरस नि,यन्त्र,णका लागि जिल्लामा सञ्चालित गतिविधिहरुको वारेमा समिक्षा समेत गरिएको छ । जसअनुसार अहिले सम्मको गतिविधि सन्तोषजनक पाईएको उहाँ भनाई छ ।
बैठकमा संघिय संषद राजेन्द्र कुमार राई, प्रदेश संषदहरु निरन राई, ईन्द्रमणी पराजुली, लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, धनकुटा नगरपालिकाका उप-प्रमुख सकुन्तला वस्नेत, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान लगायत कोभिड कमाण्डपोष्टका पदाधिकारीहरुको उपस्थिती थियो ।


