लकडाउनबाट प्र,भावित धनकुटा-५ का विपन्न मजदुरलाई राहत वितरण
धनकुटा खबर, १७ चैत । धनकुटा नगरपालिका वडा न ५ कार्यलयले लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपालिका वडा नं ५ का विपन्न मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका धनकुटा नगरपालिका वडा नं ५ का ९८ घरका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको धनकुटा नगरपालिका ५ का वडा सदस्य गोविन्द राईले बताउँनु भयो ।
वडाले प्रति परिवार १० किलो चामल एक किलो नुन, एक किलो दाल, तेल सावुन लगायतकका सामाग्री प्रदान वितरण गरेको वडाध्यक्ष धनकुमार राईले जानकारी दिनुभयो उनले भने “नागरीकलाई विपतको बेला स्थानिय सरकार भएको महशुस गराउन र दैनिकि लाई सहज बनाउनका लागि आफू अहोरात्र खटिरहेको छु” धनकुटा नगरपालिका वडा नं ५ का अन्य विपन्न परिवारको खोजी गरी राहत वितरण गर्ने समेत वडाको योजना रहेको वडा सदस्य गोविन्द राईले बताउनुभयो ।

विश्वमा महामा,रीको रुपमा फैलिरहेको कोरोना भा,ईरस नि,यन्त्रण तथा यसबाट बच्न गरिएको लकडाउनबाट प्रभावित मजदुरलाई धनकुटा नगरपालिका वडा नं ५ ले वितरण गरेको राहत सामग्रीको २० प्रतिसत रकम समाजसेवि तथा निमार्ण व्यवसायी प्रकास थुलुङ्कले सहयोग गर्ने प्रतिब,द्धता व्यक्त गर्नु भयो ।
उक्त राहत वितरण गर्न धनकुटा नगर पालिका वडा नं ५ का वडाध्याक्ष धनकुमार राई सदस्य गोविन्द राई,सदस्य सिता प्रधान ,सदस्य अम्बिका परियार, समाजसेवि तथा नेपाली काग्रेसका धनकुटाका कोषध्यक्ष दिनेश राई ,समाजसेवि प्रकाश थुलुङ्क, बालमन्दिर टोलबस्तिका संगठनका अध्यक्ष सुजनभाई जोशी लगायतको उपस्थिती रहेको थियो ।


