धनकुटाको पाख्रीवासका विपन्न २० घरपरिवारलाई राहात
धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ कैलाशनाथ युथ क्लवले आज विपन्न २० घरपरिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
विश्वव्यापी महामा,रीको रुपमा फैलिएको कोरोना भा,ईरसको सं,क्रमवाट स,र्तक रहन सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा उनिहरुको दैनिकी गुजारामा सजह होस् भन्ने लक्षका साथ पाख्रीवास ४ कै तारेभिर टोलका दैनिक मजदुरी गरेर खाने २० घरपरिवारलाई क्लवले चामल, दाल, नुन, चाउचाउ लगायतका सामाग्री सहयोग गरेको हो ।

क्लवका ११ जना सदस्य सहित अन्य समाजसेवि महानुभावहरु मार्फत १० हजार ५ सय रुपयाँ रकम संकलन गरि प्रति घरपरिवार १०/१० केजी चामल,१/१ केजी दाल र १/१ केजी नुन सहितका सामाग्री टोल मै पुगेर प्रदान गरिएको क्लवका अध्यक्ष सन्तोष मानन्धरले वताउनुभयो । सामाग्री वितरणका लागि समाजसेवि प्रेम भण्डारी,गंगा गरुङ, ज्योति गुरुङ र क्लवका पदाधिकारीहरु तारेभिर टोल पुगेका थिए ।


