धनकुटाको व्यापारिक केन्द्र हिलेमा बजार अनुगमन गर्दै मास्क, सेनिटाईजर, पञ्जा वितरण
धनकुटा खबर, चैत १८ । धनकुटा जिल्लाको व्यापारिक केन्द्र हिलेबजारमा आज धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै मास्क , सेनिटाईजर, पञ्जा लगायतका सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरस (कोभिड-१९) नि,यन्त्रणका लागि सरकारले गरेको ल,कडाउनको समयमा बजार अनुगमन गर्ने क्रममा ग्यास लगायत दैनिक उपभोग्य समाग्री र तरकारीको विक्रि वितरणको अवस्थाको वारेमा धनकुटा उद्योग बाणिज्य संघले हिले बजारअनगुगम गरेको हो ।
संघका अध्यक्ष विजय सन्तोषी राई, महासचिव राम वहादुर गोङ्वा तमाङ्ग, सचिव श्रीराम रायमाझी लगायतको टोलीले अनुगमन वजार अनुगमन गर्दै हिले प्रहरी चौकीमा कार्यरत सू,रक्षाकर्मीहरुलाई मास्क र सेनिटाईजर वितरण गरेका थिए।

त्यसैगरी महासचिव राम वहादुर गोङ्वा तमाङ्ग,कार्य समिति सदस्य राम वहादुर घिसिङ्ग तामाङ्गले नेपाल विद्युत प्राधिकरण हिले र धनकुटा शाखाको कर्चमारीहरुलाई सेनिटाईजर, मास्क, पञ्जा वितरण गरेका थिए ।
अनुगमनको क्रममा हिले बजारमा ग्यास लगायत दैनिक उपभोग्य समाग्री उपभोक्ताहरुले सहज रुपमा पाईरहेको वुझिएको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।


