उद्योग बाणिज्य संघ र कांग्रेस धनकुटाको छुट्टाछुट्टै स,मवेदना ज्ञापन
धनकुटा खबर, चैत २१ । नेपाल उद्योग बाणिज्य महासंघका कर्मचारी हाल उद्योग बाणिज्य संघ धनकुटामा कार्यरत बल वहादुर पौडेलका हजुरबुबा समाजसेवी स्व लाल बहादुर पौडेल प्रति आज धनकुटा उद्योग बाणिज्य संघले श्र,द्धा,ञ्ज,ली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ , कार्यालय प्रमुख सचिन प्रधान लगायतले उहाँको परिवारजनलाई समवेदना पत्र प्रदान गर्दै श्र,द्धा,ञ्ज,ली अर्पण गरेका थिए । धनकुटा नगरापलिका वडा नं ३ कागते निवासी लाल वहादुरको ८८ बर्षको उमेरमा हालै असामायिक नि,धन भएको थियो ।

त्यस्तै समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका अभिभावक स्व होमनाथ सुवेदीको आठौ पूण्य तिथिको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले उहाँ श्र,द्धा,ञ्ज,ली अर्पण गरेको छ ।
सुवेदीको नि,धनले पार्टीको जिल्ला कमिटीलाई अपूरणिय क्ष,ति पुगेको उल्लेख गर्दै उस्ले स्व सुवेदी प्रति श्र,द्धा,ञ्ज,ली अर्पण गरि शोक सन्तप्त परिवाजनमा समवेदना व्यक्त गरेको छ । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९ का पूर्व सभापति यूवा नेता दामोदर सुवेदीका पिता समाजसेवी सुवेदीको ७६ बर्षको उमेरमा हालै असमायिक नि,धन भएको थियो ।

२००१ साल चैत्र १० गते धनकुटा ९ वेलहारामा जन्मनुभएका स्व सुवेदीको श्रीमती र तीन छोराहरुछन् । पार्टीका जिल्ला सचिव विजय सन्तोषी राइ,,कोषाध्यक्ष दिनेश राई,,पूर्व जिल्ला सहसचिव राजन पौडेल,,जिल्ला सदस्य रंगलाल रोईला, धनकुटा नगरपालिका वडा नं. ९ का सभापति प्रेम खत्री,सदस्य तथा वडाध्यक्षका उम्मेदवार सिताराम न्यौपाने लगायतका नेताहरुले स्व सुवेदीको नि,धनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको भन्दै परिवारजनलाई समवेदनापत्र प्रदान गरेका थिए ।


