धनकुटा नगरपालिकामा राहत वितरण ति,व्र – १ हजार ५ सय परिवारलाई राहत वितरण गरिदै
धनकुटा खबर, २१ चैत । लकडाउनका कारण दैनिक ज्यालादारी गरि परिवार पाल्दै आएका धनकुटा नगरपालिका मजदुरलाई धनकुटा नगरपालिकाले राहत वितरण सुरु गरेको छ ।
लकडाउनको समयमा काम गर्न नपाएका र दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएकालाई मध्य नजर गर्दै धनकुटा नगरपालिकाले आवश्यक वितरण सुरु गरेको धनकुटा नगरपालिकाका प्रमख चिन्तन तामाङ्गले बताउँनु भयो ।
पहिलो चरणमा ज्यालादारी गर्दै आएका १ हजार ५ सय परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिने प्रमुख तामाङ्गले जानकारी दिनु भयो । अहिले प्रत्येक परिवार लाई २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, चिनि, सावुन तेल लगायतका सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

धनकुटा नगरपालिका सहित वडा कार्यलयहरुले समेत लकडाउनका कारण दैनिक ज्यालादारी गरि परिवार पाल्दै आएका मजदुर र विपन्न परिवारलाई राहत वितरण गरि सकेका छन् भने कति पयले अहिले पनि राहत वितरण लाई तिव्रता दिएका छन् ।


