कोरोनाबाट ब,च्न मुलघाटस्थित आ,श्रमका बृद्ध-बृद्धालाई मास्क, सेनिटाईजर वितरण

धनकुटा खबर, चैत २२ । कोरोना भाईरसबाट ब,च्नका लागि धनकुटाको मुलघा,ट स्थित विश्रान्ती मन्दिर बुद्ध आ,श्रमका बृद्ध-बृद्धाहरुलाई आज स्वास्थ्य सम्वन्धि परामर्श सहित मास्क, सेनिटाईजर र हेण्ड हाउस लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

वृद्धाश्रममा वस्दै्र आएका वृद्धवृद्धाको स्वास्थ्य सूरक्षालाई मध्यनजर गर्दै धनकुटा उद्योग बाणिज्य संघले ती सामाग्री वितरण गरेको हो । संघका अध्यक्ष विजय सन्तोषी राई, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य लिजा श्रेष्ठ, मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघा,ट धनकुटाका प्रमुख संचालक स्वास्थ्यकर्मी श्रवण कुमार शाह लगायतको टोलीले बिश्रान्ती मन्दिर बृद्ध आश्रमका ४३ जना बृद्ध-बृद्धाहरुलाई माश्क ती सामाग्रीहरु वितरण गरेको जनाईएको छ ।

उहाँहरु एकै ठाउँमा धेरैजना बस्दै आउनु भएकाले कोरना भा,ईरस सं,क्रमणबाट ब,च्नका लागि उल्लेखित सामाग्रीहरु वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले जनाएको छ ।

प्राविधिक तथा स्वास्थ्य सहयोगका साथ केही स्वास्थ्य सामाग्री मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाट धनकुटाका का प्रमुख सञ्चालक स्वास्थ्यकर्मी श्रवण कुमार शाह र धनकुटा हेल्थ इन्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाका प्रवन्ध निर्देशक राम नारायण रामाले उपलब्ध गराउनु भएको संघका अध्यक्ष राईले जानकारी दिनुभयो ।

सो अवरमा कोराना भा,ईसरको वारेमा धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर तामाङ्गले र कोरोना भा,ईरसबाट ब,च्ने उपायाको वारेमा र विभिन्न स्वास्थ्य सम्वन्धि मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघा,ट धनकुटाका का प्रमुख संचालक स्वास्थ्यकर्मी शाहले जानकारी गराउनु भएको थियो ।

यसैगरी हात धुने तरिकाको वारेमा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ र लिजा श्रेष्ठले बृद्ध बृद्धाहरुलाई प्रत्यक्ष रुपमा सिकाएका थिए । कार्यक्रमको सञ्चालन महासचिव राम वहादुर तामाङ्गले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖