धनकुटामा अढाई महिनालाई पुग्ने दैनिक उपभोग्य बस्तु मौजाद छ – अध्यक्ष राई

धनकुटा खबर । धनकुटामा अढाई महिना लाई पुग्ने दैनिक उपभोग्य बस्तु मौजाद रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउँनु भएको छ । धनकुटा खबरसंग कुरा गर्दै राईले धनकुटामा दैनिक उपभोग्य बस्तु अभाव अढाई महिना सम्मलाई पुग्ने मौजाद रहेको बताउँनु भएको हो ।

उहाँले भन्नु भयो “उद्योग वाणिज्य संघको तर्फबाट सहज आपूर्तिको व्यावस्था मिलाउन सक्दो प्रयत्न गरि रहेका छौ ”, आपूर्ति र वितरण व्यावस्थालाई सहज बनाउनका लागि स्थानिय सरकार, उद्योगी, व्यापारी, प्रशासन लगायत सबै क्षेत्रबाट साथ र सहयोग लिई रहेका समेत अध्यक्ष राईको भनाइ थियो ।

कोरोनाभाइरसबाट विश्वमा यो महामा,री नआउकै बेलामा समेत उद्योग वाणिज्य संघ धनकुटाको तर्फबाट धनकुटा जिल्लालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु ४ महिना लाई मौज्याद रहेको कुरा पहिला नै सार्वजनीक गरी सकेको उद्योग वाणिज्य संघले अहिले सुनसरी र मोरङ्गका व्यापारीक संघ, संगठन संग प्रसासनको सहयोगमा दैनिक उपभोग्य वस्तु सहज रुपमा निर्यात गर्नका लागि समन्वय भई रहेको जनाएको छ ।

जिल्ला भित्र रहेका वितरक संघ, डिलर एसोसियसन संग समेत दैनिक संवाद र आपूर्ति र वितरण व्यावस्था लाई सहज र सरल बनाउने विषयमा कुरा र काम भई राईको भनाई थियो । खाना पकाउने ग्यासको भने अलिक समस्या रहको यहाँले बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।