सु,स्त मनस्थितिका विद्यार्थीलाई उद्योग बाणिज्य संघ धनकुटाद्वारा स्वास्थ्य सामाग्री वितरण
धनकुटा खबर, चैत २४ । धनकुटाका सु,स्त मनस्थितिका विद्यार्थीहरुलाई उद्योग बाणिज्य संघ धनकुटाले आज सू,रक्षित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरानो भा,ईरस सं,क्रमणबाट वच्ने उपाएको वारेमा सचेत गराउदै संघले उनिहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सु,स्त मनस्थिति स्रोत केन्द्र आधारभूत विद्यालय उत्तरपानीका सुस्तमन स्थितिका विद्यार्थीहरुलाई संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मनकुमारी तिुतङ्ग (तारा) ,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,सचिव श्रीराम रायमाझी,सदस्य अम्विका देवी धमला, व्यावसायीहरु धन वहादुर तामाङ्ग,जयन्द्र घिसिङ्ग,नेपाल पत्रकार महासंघ धनकुटाका सदस्य कविराज घिमिरे लगायतले स्वास्थ्य समाग्री वितरण गरेका थिए ।

ती विद्यार्थीहरुलाई हात धुने तरिका सिकाउदै धनकुटा उद्योग बाणिज्य संघको टोलीले मास्क,सेनिटाईजर,हेण्ड वास,साबुन वितरण गरेको संघका महासचिव राम वहादुर तामाङ्गले वताउनु भयो ।
लकडाउनका कारण विद्यालय विदा भएपनि घर जना नपाई वसेका धनकुटाको उत्तरपानी सु,स्तमनस्थिति स्रोत केन्द्रका विद्यार्थीहरु सामुयिक रुपमा अध्ययनको शिलशिलामा वसिरहेकाले उनीहरुलाई कोरोनाभाईरसबाट ब,च्ने स्वास्थ्य समाग्री अति आवाश्यक भएकोले वितरण गरिएको संघले जनाएको छ ।
धनकुटामा कोरोना भा,ईरस (कोभिड- १९) लाई फै,लन नदिन स,चेतना जगाउदै आवाश्यक पर्ने स्थानहरुमा सु,रक्षित सामाग्रीहरु वितरण गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग ताराले वताउनु भयो ।


