समाचार संकलनमा रो,क लगाएको प्रति पत्रकार महासंघ धनकुटाको ग,म्भिर ध्यानाकर्षण

धनकुटा खबर, चैत २५ । जिल्ला प्रशासन कार्यलय धनकुटाले सञ्चारकर्मीहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रति नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना भाईरस (कोभिड-१९) को सं,क्रमणवाट जोगिन पूर्व तयारि स्वरुप स्व सूर्य वहादुर थापा फाउण्डेशनले जिल्ला प्रशासन कार्यलय धनकुटाको जिल्ला दैवि प्र,कोप उ,द्धार कोषमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमको समचार संकलनमा त्यहाँ पुगेका सञ्चारकर्मीहरुलाई प्रशासनले माथिको आदेश भन्दै समचार सं,कलन गर्न रो,क लगाएको महासंघद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई र सचिव विदुर खावसद्धारा जारी प्रेस पिज्ञप्तिमा भनिएको छ “कोरोना भा,ईरसका कारण हाल विश्व नै आ,क्रान्त वनेको छ । यो सं,वेदनशिल घडीमा यो भा,ईरसले लाखौ मानिस सं,क्रमित भएकाछन् भने हजारौको मृ,त्यू भईसकेको छ ।

यही परिप्रेक्षमा धनकुटामा स्व सूर्य वहादुर थापा फाउण्डेशनको संयोजनमा कोरोना भा,ईरसको सम्भवित सं,क्रमणवाट जोगिन पूर्व तयारी स्वरुप विभिन्न स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यलयको जिल्ला दैवि प्र,कोप उ,द्धार कोषमा हस्तान्तरण गर्ने कार्यक्रममा आफ्नो कुनै प्रवाह नगरि आम नागरिकको सूसुचित हुने अधिकारलाई आत्मासात गर्दै समचार संकलनका लागि जिल्ला प्रशासन कार्यलय धनकुटा परिसर पुग्नुभएका सञ्चारकर्मीहरु नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं द हिमालयन टाईम्स दैनिकका धनकुटा संवाददाता खगेन्द्र प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य एवं हिमालय टेलिभिजनका धनकुटा संवाददाता कविराज घिमिरे लाइृ स्थानिय प्रशासकहरुको आदेशमा कार्यलय परिसरबाट अपमान पूर्वक वाहिर निकालिएको र समचार सं,कलनका लागि जिल्ला प्रशासन कार्यलय तर्फ गईरहनुभएको सञ्चारकर्मीहरु नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, महासंघका जिल्ला सह सचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता हरि वहादुर लम्जेल, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण कुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता ईश्वर थापा लगायतलाई सूरक्षकर्मीहरुले अपमान पूर्वक जिल्ला प्रशासन कार्यलय परिसर वाहिर नै रो,केर माथिको आदेश भन्दे समचार संकलन गर्न जान रो,क लगाउको प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको गम्भिर ध्यानाकर्षण भएको छ ।

त्यसैगरि सोही स्थानमा सञ्चारकर्मीहरुले तस्विर लिन खोज्दा सू,रक्षाकर्मीले तस्वीर किन लिएको तस्वीर खिच्न पाउदैनौ भन्दे खिचिएको तस्वीर डिलिट गर भन्दै प्रेस स्वतन्त्रता वि,रोधी हर्कत प्रदर्शन गरिएको प्रति नेपाल पत्रकार महासंघ स्त,व्ध भएको ।

स्थानिय प्रशासनको यो कार्यले नागरिकको सू सुचित हुने हक नि,स्तेज भएको महसुष भएको छ । कोरोना भा,ईरसवाट जो,गिने उपायाहरु वारेमा सञ्चारकर्मी सदैव सचेत भएको र रहने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौ, यद्यपी समचार संकलनका लागि नै स्थानिय प्रशासनले अवरोध सृजना गरि समचार संकलन गर्न नदिएको घ,टना प्रति भने गम्भिर खेद व्यक्त गर्दछौ ।

यस्ता अवाञ्छित र र्दू,व्यवहारका गतिविधि आगामी दिनमा नदोहोरियोस भन्ने माग समेत गर्दछौ । यदि घ,टना पून दोहोरिएमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटा अन्य आवश्यक कदम चाल्न वाध्य हुने त्यसवाट उत्पन्न हुने परिस्थितीको सम्वन्धित निकाय नै सम्पूर्णमा अवगत गराउदछौ ।”
यस विषमा वुझ्दा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले भने त्यस्तो खास केही नभएको वताउनुभयो । उहाँले भन्नुभयो “पहिले उहाँहरुलाई वस्न भनिएको थियो, पछि भित्र जान भन्दा फर्किसक्नुभएको थियो ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।