धनकुटाको छथरजोरपाटीमा पनि मजदुर परिवारलाई राहत वितरण गर्न थालियो
धनकुटा खबर, चैत २५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका दैनिक ज्यालादारी काम गरी परिवार चलाइरहेका असहाय, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको छ ।
दैनिक ज्यालादारी मजदुरी गरि परिवार चलाइरहेका विपन्न तथा गरिव परिवारलाई कोरोना भा,ईरस को सं,क्रमण नि,यन्त्रणका लागि सरकारले अनह्वान गरेको लकडाउनको कारण असहज भइरहेको अवस्थालाई ध्यान दिदै उनिहरुको सहजताका लागि गाउपालिका ले २० लाख बरावरको दैवि प्र,कोप वि,पत व्यवस्थापन कोष स्थापना गरेर आज देखि राहत वितरण गर्न थालिएको हो ।
गाउपालिकाले जनप्रतिनिधिहरुको १५ दिनको र कर्मचारीहरुको ३ दिनको तलब भक्ता तथा सेवा सुबिधा जम्मा हुने गरी राहात कोषमा स्थापना गरिएको गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले वताउनु भयो ।
राहतमा ३ जनाको परिवारलाई प्रति व्यक्ति ६ केजि चामाल ,दुइ केजि दाल , एक लिटर तेल ,१ केजि आयो नुन , २ वटा हात धुने सावुन, र चार देखि ६ जना सम्मका परिवारलाई २५ केजि र ७ जना भन्दा माथिका परिवारलाई ३६ केजि चामल ७ दिन सम्म पुग्ने गरी वितरण गरिरहेको गाउपालिका प्रमुख लिम्बुले बताउनु भयो ।
त्यस्तै गाउपालिकामा विपन्न तथा गरिब असहाय व्यक्तिहरु ६ देखि ७ सय सम्म रहेको र पहिलो दिन गाउपालिकाको ६ नं वडा सिधुवा बजारमा ४६ जनालाई राहात वितरण गरीएको पनि उहाँले वताउनुभयो । त्यस्तै अन्य वडाहरुमा पनि तत्काल राहात वितरण गरिने गाउपालिकाले जनाएको छ ।
यता सो गाउपालिकाको कृषकहरुमा लकडाउनको कारण दुध तथा तरकारी जन्य उत्पादन सामाग्री निर्यात तथा बेचबिखनमा भइरहेको समस्या समाधानका लागि पनि पालिकामा छलफल भइरहेको प्रमुख लिम्बुले बताउनु भयो ।


