धनकुटाको महालक्ष्मी नगरका बिरामीलाई घरघरमै औषधि
धनकुटा खबर, २६ चैत । लकडाउनको समयाबधि लम्बिदै गएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका नियमित औषधि खानुपर्ने बिरामीलाई घरघरै औषधि उपलब्ध गराउन थालेको छ ।
नगरपालिकाले डाक्टरको सिरफरिसका आधारमा औषधि खरिद गरेर बिरामीका घरैमा पु¥याइदिन थालेको हो । औषधि आवश्यक परेका बिरामीले डाक्टरको सिफारिस पुर्जा र पैसा वडा कार्यालय मार्फत नगरपालिकाको स्वास्थ्य इकाईमा बुझाउनु पर्नेछ ।
उच्चरक्तचाप, मधुमेह, श्वासप्रश्वास, मुटु र बाथरोगका बिरामीले सेवन गर्ने औषधी स्थानिय स्वाथ्य केन्द्रि र ल्किनिकमा नहुदाँ समस्यामा परेका नगरबासी लाई घरमै औषधी पु¥याउने ब्यबस्था मिलाएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो “नगरपालिकामा प्राप्त निवेदनका आधारमा दिर्घरोगीका लागि धनकुटा, धरान र बिराटनगरका अस्पताल तथा औषधि पसलबाट ल्याएर घरैमा पु¥याउने ब्यबस्था मिलाएका छौ ” ।


