अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे धनकुटामा सुझाव संकलन

धनकुटा खबर । धनकुटा जिल्लामा दैनिक उपभोग्य सामाग्री र अत्यावश्यक औषधी लगायतका वस्तु आपूर्ति तथा विक्रि वितरण थप सहज रुपमा गर्न आज व्यापारीहरु र उपभोक्ताहरुसंग प्रत्यक्ष रुपमा भेटघा,ट गरी सुझाव संकलन गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीको टोलिले पसल पसल मै पुगि हिले, मुलघा,ट, सिधुवा, पाख्रीवास, धनकुटा लगायत स्थानका व्यापारी व्यवसायी र उपभोक्ताहरुसँग दैनिक उपभोग्य समाग्री तथा औषधी जस्ता अत्यावाश्यक वस्तुहरुको आपूर्ति एवम् विक्री वितरणलाई अझ सहज बनाउने वारे छलफल गरी सुझाव संकलन गरेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

सोहि अवसरमा व्यापारी व्यावसायीलाई सुरक्षित र स्वास्थ्य समाग्री समेत वितरण गर्दै कोरोनाभाइसबाट ब,च्ने उपायाको वारेमा जानकारी गराईएको थियो । टोलिमा संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्र्द विष्ट, महासचिव राम वहादुर गोङ्वा लगायतको उपस्थती थियो ।

संघले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुसंग समन्वय तथा सम्पर्क गरी धनकुटामा दैनिक उपभोग्य समाग्री र अत्यावाश्यक वस्तुहरुको आपूर्ति सहज रुपमा गर्ने कार्यमा सहयोग गरीरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।