धनकुटाको शहिदभूमि-१ मा ५६ परिवार अति विपन्न – राहत वितरण ति,व्र
धनकुटा खबर, २८ चैत । धनकुटाको शहिदभूमि गाउँपालिकाको वडा न १ ले राहत वितरणलाई तिव्र पारेको छ । कोभिड १९ नफै,लियोस् भनेर सरकारले चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरेको छ ।
लकडायनको समय बढ्दै गए पछि दैनिक ज्यालादारी गरेर पेट भर्ने र परिवार पाल्ने मजदुरहरु काम गर्नबाट व,ञ्चित भएको उनिहरु लाई राहतको आवश्यता रहेको महशुस गर्दै वडाले राहत वितरण लाई तिव्र पारेको शहिदभुमी गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले जानकारी दिनु भयो ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका शहिदभुमी गाउँपालिकाका वडा नं १ का ५६ अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न सूरु गरेको सहिदभुमी गाउपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले बताए ।
गाउँपालिकाको सहयोगमा वडाले दुइजना सम्मको परिवारलाई प्रति परिवार १० किलो चामल,एक लिटर तेल, १ किलो नुन, २ वटा सावुन लगायतका समाग्री वितरण गरेको छ ।
त्यस्तै ३ देखि ५ जना सम्मको परिवार संख्या भएको परिवारलाई २५ किलो चामल २ लिटर तेल, २ किलो नुन र ४ वटा सावुन र ६ जना भन्दा माथिको परिवारलाई प्रति परिवार ४० किलो चामल, ३ लिटर तेल, ३ किलो नुन, ६ वटा सावुन लगायतका सामाग्री वितरण गरिएको वडाध्यक्ष राईले बताउनु भयो ।


