धनकुटा बजारमा पनि ताजा तरकारी घरघरमै पूर्याउन थालियो

धनकुटा खबर, ३० चैत । धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय प्रशासन र सु,रक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजारमा ताजा तरकारी उपभोक्ताहरुको घरघर मै पूर्याउन थालिएको छ ।

लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यका साथ धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजारमा आज विहान उपभोक्ताको घर घर ताजा तरकारी पुर्याएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।

ताजा तरकारी,दुध र खाना पकाउने ग्यास लगायतका सामाग्री आजदेखी पूर्ण रुपमा घरघर मै पुर्याउन थालिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । कोराना भाईरस सं,क्रमणबाट ब,च्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएको कुरालाई मध्य नजर गर्दै संघले व्यापारी, प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमै लगेर ती सामाग्र विक्री वितरण गर्ने व्यवस्था गरिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो तर अहिलेको विशेष परिस्थीतीमा सबै उपभोक्ताहरुकोमा सबै खाले तरकारी र खाद्यय वस्तु पुर्याउन चुनौती रहेको भन्दै अध्यक्ष राई सबै लाई सबै बस्तु पुर्याउन सक्दो कोशिश गरिएको बताए ।

संघले बजार मूल्य भन्दा कममा तरकारी विक्रि गरेको र लकडाउनका कारण समस्यामा परेका उपभोक्ता खुसी भएको धनकुटा उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य नगेन्द्र काफ्लेले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖