मुख्यमन्त्री राईको सन्देश – उच्च मनोबलका साथ घरमै बसिदिनुहोस्

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार
हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरु,द्धको सं,घर्षमा छौं । यो भाइरस रो,कथाम, नि,यन्त्रण र जनताको जीवन र,क्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।

अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन PCR प्रविधिबाट दुई ठाउँ BPKIHS र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ । आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्ट RDT बाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु ।

आरडिटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा २ हजार ८१ जनाको परीक्षण गरिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अ,होरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।

हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय ५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार १ सय ११ जना बस्नु भएको छ ।

दाजुभाई तथा दिदीबहिनिहरु
हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको सं,क्रमण देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भूल्के स्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्ने क्रममा कोरोना सं,क्रमण देखा परेको हो ।

११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस सं,क्रमण देखा परेको छ । उहाँहरुलाई अहिले उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखिएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वास सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्र,सित नहुन मेरो हार्दिक अपील छ ।

हामीले उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना सं,क्रमितहरु देखा परेसँगै हामीले थप सजगता र सा,वधानी अपाउनुपर्नेछ । त्यसैले तपाईहरुले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनुहुनेछ ।

म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताब,द्ध भएको खण्डमा हामीहरु कोरोनालाई जि,त्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद । शेरधन राई, मुख्यमन्त्री । २०७७ बैशाख, ७ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖