गाँसबासको स,मस्या भए मलाई खबर गर्नुस् – पहारी

चि,प्लेढुङ्गा । कोरोना भाइरसको महामा,री र सरकारले गरेको लकडाउनले मजदूरी गर्ने र छा,क टा,र्न स,मस्या भए आफूलाई खबर गर्न गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आग्रह गर्नुभएको छ । नेता पहारीले पौरखी स्वयंसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यक्रममा चामल र तेल सहयोग गर्दै गाँसबासको समस्या भए आफूलाई खबर गरी सेवा लिन आग्रह गर्नुभयो ।

पहारीले लकडाउन सरकारको रहर नभई जनताको सुर,क्षा गर्नु सरकारको दायित्व भएकाले सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । पौरखी समूहका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधिबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगका लागि वचन दिएको बताउनुभयो । उहाँले यही वैशाख ६ गतेदेखि दैनिक २० देखि २२ स्वयंसेवकले सेवामा जुटेर भोजन वितरण गर्दै आएको जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार सोमबार मात्रै समूहले पोखरा महानगरका करीब एक हजार एक सयलाई घरघरमै खाना पु¥याएको छ ।

पोखरा ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले सो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारीसमेत अभियानमा हुनुहुन्छ । पौरखीले सहयोगी मनबाट स्वतःफुर्त जिन्सी सहयोग जुटेको तर कसैसँग पनि नगद सहयोग नलिएको बताउनुभयो । उहाँले सोमबार नै शैलेन्द्र रावतबाट तीन बाकस तेल सहयोग भएको जानकारी पनि दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।