नेपालमा थप एक जनामा कोरोना – सं,क्रमितको संख्या ३२ पुग्यो

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना सं,क्रमितहरुको संख्या थपिने क्रम बढ्दो देखिएको छ । उदयपुरको भुल्केमा १३ जनामा कोरोना सं,क्रमणको पुष्टि भएको साता दिन नवित्दै थप १ जनामा पनि सं,क्रमण पोजिटिभ देखिएको छ । योसहित नेपालमा कोरोना सं,क्रमितको संख्या ३२ पुगेको छ ।

उदयपुरको त्रियुगास्थित भुल्केमा रहेको एक मस्जिदमा रहेका १३ जनामा सं,क्रमणको पुष्टि भएपछि उनीहरुसंगको स,म्पर्क रहेका व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङ गरेर थप परीक्षणका लागि काठमाडौं ल्याउदाँ एक जनामा सं,क्रमणको पुष्टि भएको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उदयपुरमा शं,कास्पद ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पीसीआर परीक्षण गर्दा एकजनामा कोरोना सं,क्रमण पोजिटिभ देखिएको जानकारी दिनुभयो ।

यस्तै विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उदयपुरका अन्य ८ जनामा पनि पोजिटिभ देखिएपछि थप प,रीक्षण गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रवक्ता देवकोटाले हालसम्म पीसीआर विधिबाट ८ हजार ७ सय ६३ र आरडीटी विधिबाट २७ हजार ९ सय ५६ को गरी कुल ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनमा हाल ७ हजार ६७ रहेको र रेडजोनमा २ सय ६५ जना रहेको जानकारी पनि दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖