प्रदेश-१ को कोरोना कोषमा २८ करोड ७८ लाख
विराटनगर, बैशाख १२ । प्रदेश १ सरकारले कारोना रो कथाम, निय,न्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुर,क्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ ।
यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो ।
कोषबाट कोरोना रो,कथाम, नि,यन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुर,क्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


