रुखबाट ल,डेर मेरुदण्ड भाँ,च्चिएकी महिलाको हेलिकोप्टरबाट उ,द्धार
बाजुरा । घाँस का,ट्दा रुखबाट ल,डेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उ,द्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ का,ट्दा रुखबाट ल,डेर मे,रुदण्ड भाँ,च्चिएको थियो ।
नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकोप्टरबाट उ,द्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।
बिहीबार पाला का,ट्नेक्रममा ल,डेर मे,रुदण्ड भाँ,चिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । तर घरको आर्थिक स,मस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा हामीजस्ता नि,मुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि सहयोग गरेको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरेका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुद,ण्ड भाँ,च्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताउनुभएको थियो । उनलाई थप उपचारका लागि काठमाडौँ लग्नुपर्ने डा रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए । रासस


