लकडाउनमा विकासका काम न,रो,क्न प्रदेश-१ सरकारको नि,र्देशन

ओखलढुङ्गा, वैशाख १३ । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम न,रो,क्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक विकासको काम न,रो,क्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएर प्रदेशमा सञ्चालित अति आवश्यक योजना स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउन सबै जिल्लामा परिपत्र गरेको उहाँले बताउनुभयो । आज गृहजिल्लामा स्थानीय तहका प्रमुखसहितका सरोकारवालासँग अन्तक्र्रिया गर्दै राज्यमन्त्री गुरुङले रोगको डरले विकास रोक्न नहुने बताउनुभएको हो । “कोरोनाको त्रास त छँदैछ, यसबाट बच्न सतर्कता अपनाऔँ, कुनै कुरामा कमी नहोस्”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष सकिन लागेको छ, रोगको ड,रले काम नरोकौँ । स्थानीय मजदुरको प्रयोग गरेर अ,लपत्र योजनाको काम तत्काल अगाडि बढाउनुहोला ।”

सामाजिक दूरी कायम गरी निर्माणको कामलाई गति दिन आग्रह गर्दै राज्यमन्त्री गुरुङले कोरोना महामारीको त्रासका बीच आगामी वर्षको बजेटको तयारी भएको जानकारी दिनुभयो ।

राज्यमन्त्री गुरुङले कोरोनाको कहरका कारण प्रदेश नं १ मा कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रु १० करोड ५० लाख रकम विनियोजन गरेर स्थानीय तहमार्फत राहत वितरणका लागि पठाएका छौँ । अहिले स्थानीय तहले राहत वितरणको काम गरिरहेका छन् ।” प्रदेश सरकारले केही दिनअघि गाउँपालिकालाई रु पाँच लाख र नगरपालिकामा रु १० लाखका दरले राहत वितरणका लागि बजेट पठाएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।