सांसद यादवको अ,पह,रण भन्दै जसपाका नेताहरु महानगरीय प्रहरी परिसरमा
काठमाडौं, १४ बैशाख । सांसद एवं पूर्व स्वास्थ्य मन्त्री सुरेन्द्र यादवलाई अ,पह,रण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु मु,द्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरु,द्ध अ,पह,रण तथा शरीर ब,न्धकको मुद्दा दर्ता गर्न नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका हुन् ।

अ,पहर,णमा परिएको भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री यादवसँगै उजुरी दिन पार्टीका नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमी तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका हुन् ।
जसपाका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल पछि प्रहरी परिसर पुगेको बताइएको छ । गत वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई अ,पह,रण गरिएको आ,रोप जसपाले लगाउँदै आएको छ ।


