प्रहरीले सांसद अ,हप,रण सम्बन्धी जाहेरी लिन मानेन
काठमाडौं । काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अ,हप,रण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फि,र्ता गरिदिएको छ । प्रहरीले घ,टनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।
सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए । परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घ,टनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिए ।



