प्रदेश-१ मा पाँच हजार पाँच सय जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख १४ । प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

आरडीटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेश १ मा ३० जनामा कोरोना सं,क्रमण देखा परेको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल १ हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ३ सय ८ महिला र १ हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ७ सय ६० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला १ हजार २ र पुरुष ४ हजार ७ सय ५८ जना रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।