अन्तरराष्ट्रिय सीमा-नाकाहरु वैशाख ३१ सम्म ब,न्द गरिने

काठमाडौँ । सरकारले कोरोनाभाइरसको सम्भावित जो,खिमबाट बच्न गर्दै आएको ब,न्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५ गते मध्यरातिसम्म थप १० दिन ब,न्दाबन्दी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय सीमा नाकाहरुबाट आवागमन गर्न वैशाख ३१ बुधबार मध्यरातिसम्म बढाइएको छ । “बाह्य जगत्बाट कोरोना स,ङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तरराष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो”, मन्त्री डा खतिवडाले भन्नुभयो ।

यसअघि वैशाख ३ देखि १५ गतेसम्मका लागि ब,न्दाबन्दी ल,म्ब्याउने सरकारले निर्णय गरेको थियो । कोरोना भाइरस रोग रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समितिले एक हप्ता ब,न्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो ।

यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा खतिवडाले भन्नुभयो, “दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।