प्रदेश १ मा ३१ जनालाई कोरोना सं,क्रमण – झण्डै ६ हजारको कोरोना परीक्षण

विराटनगर, १५ बैशाख । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना सं,क्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार ९२ जना पुगेको छ । प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖